![]()
बीबीसी । इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामाका तीन चर्चमा आत्मघाती बम आक्रमण भएको छ । आक्रमणमा ९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।अरु धेरै घाइते भएका छन् ।
केही मिनेटको बिचमै तीन चर्चमा बम आक्रमण भएको हो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । इन्डोनेसियामा पछिल्ला केही महिनादेखि इस्लामिक चरमपन्थी आक्रमण बढ्दै गएका छन् ।


