Breaking News.... EverestOnlineKhabar
August 16, 2026

फ्रेन्च लिग वान च्याम्पियन पिएसजीलाई घरेलु मैदानमा हार

Loading

एजेन्सी । फ्रेन्च लिग वान च्याम्पियन पेरीस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु मैदानमा सिजनको पहिलो हार बेहोरेको छ ।  पिएसजी घरेलु मैदानमा रेनसँग २ – ० ले पराजित भएको हो ।

पार्क दि प्रिन्सेस स्टेडियममा पिएसजीलाई हार चखाउन बेन्जामिन बोरिगेओ र एड्रियन हुनोउले समान एक– एक गोल गरे  । पाँच खेल अगावै लिगको उपाधि जितेको पिएसजी सन् २०१६ मार्च २० पछि पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो । त्यसबेला पिएसजी मोनाकोसँग पराजित भएको थियो ।

पहिलो हाफ गोराहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा रेनले दुवै गोल गरेको थियो । खेलको ५२ औं मिनेटमा बेन्जामिनले गोल गर्दै रेनलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा एड्रियनले गोल गर्दै रेनले पिएसजीलाई २ – ० को हार चखाएको हो ।

रेनसँग घरेलु मैदानमा पराजित भएपनि लिग लिडर पिएसजीको शीर्ष स्थानको अग्रता फराकिलो रहेको छ । पिएसजीले ३७ खेलबाट ९२ अंक जोडेको छ ।  लिगमा एक खेल बाँकी रहदा पिएसजीले दोस्रो स्थानको मोनाकोलाई १६ अंकले पछि बनाएको छ । मोनाकोको ७७ अंक छ ।  पिएसजीलाई हराउदै रेन लिगको पाँचौ स्थानमा उक्लिएको छ ।  रेनको ५७ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.