![]()
एजेन्सी । चेक गणतन्त्रकी पेट्रा कोभितोभाले मड्रिड ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् । फाइनलमा डच खेलाडी किकी बेर्टेन्सलाई हराउदै कोभितोभाले उपाधि जितेकी हुन् ।
दशौं बरियताकी कोभितोभाले बेर्टेन्सविरुद्ध ७ – ६ (८ – ६), ४ – ६ र ६ – ३ को सेटमा जित निकालिन । उपाधि जित्न कोभितोभाले २ घण्टा ५२ मिनेट लागेको थियो ।
योसँगै कोभितोभाले तेस्रो पटक मड्रिड ओपनको उपाधि जित्न सफल भईन् । र, कोभितोभाले मड्रिड ओपनमा सर्वा्धिक तीन पटक उपाधि जित्ने खेलाडीको कीर्तिमान बनाईन् । कोभितोभाले यसअघि सन् २०११ र २०१५ मा मड्रिड ओपन जितेकी थिइन् ।


