![]()
प्युठान । प्युठानको सरूमारानी गाँउपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । दुर्घट्नामा २५ जना घाईते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा प्युठान गौमुखी गाँउपालिका ३ का नेपाली सेनामा कार्यरत २५ बर्षीय हरिबहादुर मल्ल, प्युठान नगरपालिका २ का २६ बर्षीय सरिता शर्मा, प्युठान गौमुखी गाँउपालिका १ अर्खाकी १७ बर्षीया हिरा टमटा, कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका २ की ३१ बर्षीय सरिता चन्द र कैलाली चौमालाका २६ बर्षीय चालक बीरबहादुर थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त ना ४ ख १८७६ नम्बरको रात्री बस भालुवाङ–प्यूठान सडकखण्ड अन्तर्गत प्यूठानको सरुमारानी गाउँपालिका वडा नं ४ स्थित पाकुरी भन्ने स्थानमा दुर्घटना परेको हो । बस महेन्द्रनगरबाट प्युठानतर्फ जाँदै थियो । बस काटेर शवहरु निकालिएको थियो ।
बस सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।


