Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रदेश २ का मुख्यमन्त्रीलाई लक्षित गर्दै संसदमा प्रधानमन्त्रीले भने–‘ मोदीको अभिनन्दन समारोहमा अभिव्यक्त बिचार सरकारको नीति र कुटनीतिक मर्यादा बिपरित’

Loading

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली  संसदमा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय नेपाल भ्रमणका बारेमा सदनलाई जानकारी दिएका छन् ।

मोदीको भ्रमणको समयमा नेपाली जनताले देखाएको चासो र टिप्पणी प्रति धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जनकपुरमा मोदीको नागरिक अभिनन्दनको क्रममा अभिव्यक्त भएका केही कुराहरु राष्ट्रिय र कुटनीतिक मर्यादाको कसीमा कमजोर रहेको बताए । उनले कसैको नाम नलिई प्रदेश २ का मुख्यमन्त्रीलाई लक्षित गर्दै  राष्ट्रिय नीतिभन्दा फरक ढंगको अभिव्यक्ति आएको प्रति असन्तुष्टी जनाए ।

 

प्रधानमन्त्री ओलीले मोदीको भ्रमणले नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन मद्दत गर्नुका साथै पुराना सोचहरु विपरित आ–आफ्ना मूल्य मान्यता र राष्ट्रिय हितहरुलाई प्राथमिकता दिने गरी छलफलहरु भएको बताए । विगतमा गरिएका कतिपय सम्झौताहरुलाई यथासक्या छिटो कार्यान्वयन गर्नका लागि पनि सहमित भएको उनले बताए ।  त्यस्ता सम्झौताहरु कार्यान्वयन गर्नका लागि समयसीमा तोक्ने विषयमा पनि सहमति भएको जानकारी दिए ।

नेपाल र भारतबीचको व्यापारमा चरम असन्तुलन रहेको अवगत गराउँदै त्यसलाई कम गर्नका लागि आफूले मोदीसँग कुरा राखेको पनि उनले जानकारी दिए । व्यापार घाटालाई तत्काल कम गर्नका लागि तीन महिना भित्र नै छलफल गरेर अगाडि बढ्ने र नेपालबाट निर्यात हुन सक्ने अदुवा, अलैंची लगायतका वस्तुलाई सहज रुपमा कसरी भारत निकासी गर्ने भन्ने विषयमा अध्ययन गरिने पनि जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आफूले मोदीसँग थप चारवटा हवाईमार्गका लागि स्वीकृति दिन पनि कुरा उठाएको र त्यसमा भारत सकारात्मक रहेको बताए । उनले थप चारवटा रुट नेपाललाई दिनका लागि प्राविधिकहरुको टोलीले अध्ययन गर्ने र सेप्टेम्बर भित्र निर्णय गर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed