Breaking News.... EverestOnlineKhabar
October 2, 2026

आईपीएलमा नेपाली खेलाडी सन्दीपको प्रभावशाली डेब्यू…..

Loading

मुम्वई,बैशाख ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा डेब्यू गरेका नेपाली युवा बलर सन्दीप लामिछानेले प्रभावशाली खेल देखाएका छन् । उनले पार्थीव पटेललाई आउट गरे । १८१ रनको योगफल रक्षा गर्न दोस्रो इनिङमा ओपनिङ गरेका सन्दीपले आफ्नो दोस्रो ओभरमा पार्थीव पटेललाई एलबीडब्ल्युको धरापमा पारे । पहिलो ओभरमा सन्दीपले तीन वटा डट बल फाल्दै ६ रन दिएका थिए । टिमको तेस्रो र आफ्नो दोस्रो ओभरमा सन्दीपले चौथो बलमा पार्थीव पटेललाई आउट गरे । उनले दोस्रो ओभरमा ५ रनमात्र दिएका थिए ।
रोयल्स च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा डेब्यु गरेका दिल्ली डेयरडेभिल्सका सन्दिपले डेब्यु खेलमै १ विकेट लिएका हुन् । सन्दिपले ४ ओभरमा १ छक्का र २ चौका मात्र खाएका थिए । निकै उत्कृष्ट प्रदर्शन गरेका सन्दिपले भारतीय कप्तान विराट कोहली, दक्षिण अफ्रिकाका एबी डि भिलियर्स जस्ता ब्याट्सम्यानविरुद्ध बलिङ गरेका थिए । सन्दिपको बलमा डि भिलियर्सले एक छक्का प्रहर गरेका थिए ।
आईपीएल क्रिकेटको १२ औं खेलमा डेब्यु गर्न पाएका सन्दिपले ब्याटिङ गर्न भने पाएनन् । नेपाली यू – १९ टोलीका कप्तान समेत रहेका आईपीएल टोलीमा पर्ने पहिलो नेपाली खेलाडी हुन् । दिल्लीको प्ले अफ सम्भावना सकिएपछि सन्दिपले पहिलोपटक खेल्ने मौका पाएका हुन् । प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीले ११ खेलबाट मात्र ६ अंक जोडेको छ । पुछारमा रहेको दिल्लीले ११ खेलमा ८ हार र ३ जित निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed