Breaking News.... EverestOnlineKhabar
August 31, 2026

Loading

प्युठान,बैशाख ।
प्यूठानको बड्डाँडा नजिक यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस आज बिहान प्यूठानको सरुमारानी गाउँपालिका बड्डाँडा पाकुरी खोला नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, प्यूठानले दुर्घटनाको पुष्टि गर्दै ३ महिला र २ पुरुषको मृत्यु भएको जानकारी दिएको छ । मृतकमध्ये बस चालक कैलाली चौमालाका वीरबहादुर थारुको मात्रै सनाखत हुन सकेको छ । दुर्घटनाका २५ घाइतेमध्ये १६ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ भने ९ जनालाई बुटवललगायतका अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मल्लरानी गाउँपालिका–३ का तीर्थराज पोख्रेल (३८), गुल्मी अल्गुंगका तारा विष्ट (४५), दैलेख दुल्लु नगरपालिका–११ का हिमा बोहोरा (२५), जगदीश खत्री (२५), रिगल खातुन (२), प्यूठान नगरपालिका–३ साढेखाला र्इश्वर खड्का (२६), महेन्द्रनगर कञ्चनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर (२३) घाइते भएका छन् । त्यसैगरी, दुर्घटनामा परी मल्लरानी गाउँपालिका चुँजाठाटीका सुश्मा चौधरी (२०), बैतडी र्पुचौडी नगरपालिका–६ का प्रकाश सावत, चितवन चित्रवन नगरपालिका–१७ का राजेन्द्रप्रसाद तिमल्सिना (७३), रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर वि.क.(४४), सपना वि.क. (१६), गौमुखी गाउँपालिका–४ का थमजीत वि.क.(१५), कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी (२२) घाइते भएका छन् ।
प्रहरीका अनुसार, घाइते झिमरुक गाउँपालिका–३ का प्रेम केसी (२१), प्यूठान नगरपालिका–१० दहखोलाका गोमा गिरी (४९) को जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । माण्डवी गाउँपालिका–१ का बसन्त शर्मा (३८), रोल्पा सुवर्णावती गाउँपालिका–२ का हरि सुनार (२५), दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल (७), रुपन्देही कन्चन गाउँपालिका–३ का गोविन्द अर्याल (३५), हिमला पोख्रेल (२९) लाई थप उपचारका लागि रिफर गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको टोली खोज तथा उद्धार कार्यमा सक्रिय रहेको प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.