Breaking News.... EverestOnlineKhabar
August 31, 2026

विप्लव माओवादीद्वारा आज नेपाल बन्द आह्वानःधादिङमा भारतीय नम्बर प्लेटका २ ट्रकमा आगजनी

Loading

धादिङ,बैशाख ।
धादिङको धुनिबेशी चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी भएको छ । आइतबार बिहान साढे २ बजेतिर भएका २० चक्के ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो । आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको ट्रक पूर्णरुपमा क्षतीग्रस्त भएका छन् ।
बजार क्षेत्रमै आगो लागेपछि स्थानीयबासी त्रसित भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रण गरेको छ । आगो कसले लगायो भन्ने खुलेको छैन । तर, आइतबार विप्लव माओवादीले बन्द आह्वान गरेकाले उनीहरुकै संलग्नता हुनसक्ने अनुमान प्रहरीको छ । विप्लव माओवादीले आह्वान गरेका बन्दको आंशिक प्रभाव परेको छ ।

काठमाडौमा उपत्यकामा खासै बन्दको प्रभाव नपरेपनि उपत्यका बाहिर भने बन्दको प्रभाव परेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा अरुण ३ को सम्झौता र मुक्तिनाथ मन्दिरभित्रै भिडियो क्यामेरा लिएर भारतीय मिडियाले भिडियो खिचेको विरोधमा विप्लव माओवादीले आज बन्दको आह्वान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.