Breaking News.... EverestOnlineKhabar
September 1, 2026

चेन्नाई सुपर किङ्सलाई हराएपछि राजस्थानको प्लेअफको सम्भावना कायमै

Loading

एजेन्सी । जोस बट्लर चम्किएपछि राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ४ विकेटले हराएको छ । १७७ रनको लक्ष्य राजस्थानले अन्तिम एक बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । यो जितमा जोस बटलरले ११ चौका र दुई छक्काको मद्दतमा नटआउट ९५ रन बनाए । उनी प्लेयर अफ दि म्याच पनि भए ।

आईपीएलको जारी सिजनमा बटलरको यो लगातार चौथो अर्धशतक हो । यसमा उनले विराट कोहलीसँग बराबरी गरे । यी दुई भन्दा अगाडि विरेन्द्र सेहवाग छन् । उनले २०१२ मा लगातार पाँच अर्धशतक बनाएका थिए ।

यसअघि पहिले व्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । उसका लागि सुरेश रैनाले ५२ रन बनाए । शेन वाटसनले ३९, कप्तान महेन्द्र सिंह धोनीले ३३ र साम विलिङ्सले २७ रन जोडे । बलिङतर्फ जोफ्रा आर्चरले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.