Breaking News.... EverestOnlineKhabar
August 31, 2026

बिरामी नेता महन्थले टोलीसहित मोदीलाई भेटे, बैठकमा अनिल झा भने फोनमै व्यस्त

Loading

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख दलका नेताहरुसंग भेटघाट गर्नेक्रममा राजपाका नेताहरुसंग पनि सामुहिक भेट गरेका छन । भेटका लागि लामो समयदेखि बिरामी रहेका नेता महन्थ ठाकुर अध्यक्ष मण्डलका अन्य सदस्यहरुसंगै होटल हयात पुगेका थिए ।

भेटकाक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसी दलहरुलाई एक भएर अघि बढ्न सुझाव दिएका थिए । एक भएर अघि बढेमात्रै बलियो बन्न सकिने भन्दै त्यसमा गम्भीर बन्न सुझाव दिएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।

मोदीको भनाई उदृत गर्दै ती नेताले भने, ‘बाहिर जे जे भएपनि आफ्नो शक्ति बढाउनतर्फ लाग्नुस् । मधेसमा एकता गरेर अघि गरेर केन्द्रमा पनि प्रभाव बढाउनुस् । त्यसपछि तपाईहरु शक्तिशाली हुनुहुन्छ ।’

भेटका क्रममा ठाकुरले भने आफूहरु संविधान संशोधनलगायतका विषयमा संघर्षरत रहेको भन्दै यी समस्या समाधानमा केन्द्रीत रहेको बताएका थिए ।

प्रदेश नम्बर २ मा आफ्नै पार्टीको सरकार रहेको तथा केन्द्रमा पनि केपी ओली नेतृत्वको सरकारलाई समर्थन रहेको भन्दै ठाकुरले आफूहरुको माग सम्बोधन हुनेमा अझैं आशावादी रहेको बताएका थिए ।

मोदीलाई भेट्न ठाकुरसहित राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी र महेन्द्र राय यादव होटल पुगेका थिए। बैठकको अधिकांश समयमा नेता अनिल झा भने फोनमा बढी व्यस्त थिए । उनी सानो स्वरमा फोनमा कसैसंग कुरा गरिरहेका थिए । झाको यो व्यवहारप्रति स्वयं मोदी र राजपाकै नेताहरु अप्रसन्न रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.