![]()
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । २ दिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा–अर्चना गरेका हुन् ।
शनिबार बिहान हेलिकोप्टरमार्फत मुस्ताङ पुगेका मोदीले मुक्तिनाथको पूजा सकाएर पशुपतिनाथमा विशेष पूजा गरेका हुन् । योसँगै जानकी मन्दिरबाट शुरु भएको मोदीको पूजा–आजा पशुपतिमा आएर सकिएको छ ।
यसअघि मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति कोषका पदाधिकारीलगायतले स्वागत गरेका थिए ।


