Breaking News.... EverestOnlineKhabar
September 1, 2026

पूर्व मिस इन्डिया एवं बलिउड अभिनेत्री नेहा धुपिया विवाह बन्धनमा

Loading

एजेन्सी । बलिउड अभिनेत्री तथा पूर्व मिस इन्डिया नेहा धुपिया सबैलाई आश्चर्यमा पार्दै विवाह बन्धनमा बाँधिएकी छिन्।  नेहाले अचानक विवाहको फोटो सार्वजनिक गर्दै सबैलाई आश्चर्यमा पारेकी हुन्।

अर्की बलिउड अभिनेत्री सोनम कपुरको विवाहका चर्चाका  बिच उनको विवाहको तस्विर एकाएक सार्वजनिक भएपछि धेरैलाई आश्चर्य लाग्नु स्वभाविक नै थियो किनकी उनको विवाह हुँदैछ भन्ने बारेमा थुप्रै बेखबरजस्तै थिए।

३७ वर्षिया नेहाले आफू भन्दा दुई वर्ष कान्छा अंगद वेदीसँग लगनगाँठो कसेकी हुन्। अंगद पनि बलिउड अभिनेता हुन्। बेदी पूर्व भारतीय क्रिकेटर बिशन सिंह बेदीका छोरा अंगद दिल्लीका लागि रणजी ट्रफीसमेत खेलेका छन्।

मोडलिङ हुँदै अभिनयमा आएका अंगदले ‘फाल्तु’बाट बलिउडमा डेब्यू गरेका थिए।  उनले ‘उंगली’, ‘पिंक’, ‘टाइगर जिन्दा है’ आदि फिल्ममा पनि अभिनय गरेका छन्।

ट्वीटरबाट विवाहको खबर सार्वजनिक गरेकी नेहाले ‘वेस्ट फ्रेण्ड’लाई जीवनसाथी बनाउने निर्णय आफ्नो जीन्दगीको सबैभन्दा राम्रो फैसला भएको बताएकी छन्।

उनले पञ्जाबी शिख परम्परा अनुसार विवाह गरेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.