![]()
बीबीसी । भारतको केन्द्रीय अनुसन्धान ब्युरोले उन्नाव बलात्कारकाण्डमा भारतीय जनता पार्टीबाट निर्वाचित भएका विधायक कुलदीप सिंह सेंगर दोषी रहेको निष्कर्ष निकालेको छ ।सीबीआईले उन्नाव सामूहिक बलात्कार काण्डमा भाजपा विधायक कुलदीप दोषी रहेको पुष्टि गरेको छ । यो घटनाको सुरुमा जाँच गरेको प्रहरीमाथि गम्भीर प्रश्न पनि उठाएको छ ।
पीडितले सिबिआईको अनुसन्धान टोलीसँग दिएको बयानमा विधायक कुलदीपमाथि लगाएको आरोप दोहो¥याएको खबरमा उल्लेख छ । घटनाको सुरुमा अनुसन्धान गरेको प्रहरीले पीडितको मेडिकल जाँच गराउनमा ढिलाइ गरिएको र फोरेन्टिक प्रमाण पनि नजुटाएको सिबिआईका एक अधिकारीले बताएका छन् । यो सबै कुराले विधायकलाई सहयोग पुगेको सिबिआईको भनाई छ ।
एक बालिकामाथि सामूहिक बलात्कार आरोपमा विधायक कुलदीपलाई अहिले सिबिआईले हिरासतमा लिएको छ । पीडित बालिकाका बुवाको जेलमा संकास्पद रुपमा निधन भएपनि उत्तर प्रदेश सरकारमाथि गम्भीर प्रश्न खडा भएको थियो । त्यसपछि मात्रै यो घटना प्रहरीबाट सिबिआईलाई दिइएको हो ।
विधायक कुलदीपले गएको वर्षको जुन ४ मा उत्तर प्रदेशको उन्नावको माखी गाउँकी बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
बलात्कार गर्ने बेला विधायक कुलदीपकी महिला साथी शशी सिंह गार्डको रुपमा कोठा बाहिर बसेकी थिइन् । सिबिआईले पक्राउ परेका शशी सिंहसहित अरु आरोपितसँग पनि बयान लिएको छ ।


