![]()
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका छन्। दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आएका मोदीले टुडिखेलमा आर्ड अफ अनर लिएपछि बहादुर भवन पुगेर पुनसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा पुन र मोदीबीच नेपाल र भारतको सम्बन्ध, दुई देशको विकास, शान्ति र समृद्धिका विषयमा छलफल भएको छ।


