![]()
काठमाडौं । चौथो संस्करणको राष्ट्रिय महिला क्लब लिग भलिबल जेठमा हुने भएको छ । नेपाल भलिबल संघले पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको प्रतियोगिता जेठ २१ देखि २६ गतेसम्म हुने जनाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, शिवम् न्यु डायमन्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवनको पद्मोदय क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख प्राप्त गर्ने छन् । त्यस्तै तेस्रो हुने टोलीले ५० हजार र चौथो हुने टोलीले २५ हजार नगद पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।


