Breaking News.... EverestOnlineKhabar
June 26, 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको टुँडीखेलमा ‘गार्ड अफ अनर’ प्रदान

Loading

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको टुँडीखेलमा गार्ड अफ अनर प्रदान गरिएको छ ।जनकपुरबाट काठमाडौं आएपछि होटल हयातमा केहीबेर आराम गरेपछि उनलाई टुंडीखेलमा गार्ड अफ अनर प्रदान गरिएको हो ।

उक्त अवसरमा प्रधानमन्त्री केपी ओली, रक्षा, गृहलगायतका मन्त्रीहरु उपस्थित थिए । बिहान साढे १० बजे एयर इन्डियाको विशेष विमानबाट मोदी जनकपुर विमानस्थलमा अवतरण गरेका थिए।

जनकपुरको जानकी मन्दिर परिसरमा उनलाई प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका थिए। उनले जानकी मन्दिरको दर्शन गरेपछि बाह्राबिगाहमा उनको नागरिक अभिनन्दन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.