Breaking News.... EverestOnlineKhabar
June 26, 2026

उत्तर कोरियाद्वारा ट्रम्पसंग वार्ता अघि तीन अमेरिकी कैदी रिहा, ट्रम्प भए खुशी

Loading

बीबीसी ।  उत्तर कोरियाको थुनामा रहेका तीन जना अमेरिकी नागरिक  रिहा भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको  उत्तर कोरिया भ्रमणलगत्तै ती तीन अमेरिकी छुट्नसक्ने अनुमान गरिएको थियो । सोही बमोजिम नै उनीहरु रिहा भएका हुन् ।

उत्तर कोरियाली सरकारले ती अमेरिकीलाई रिहागर्ने तयारी गरेको थियो । कोरियाली अधिकारीहरूले अमेरिकी विदेशमन्त्रीको भ्रमणपछि छोड्ने जनाएका थिए । बिगत लामो समयदेखि उत्तर कोरिया र अमेरिकाले दुवै तर्फका नागरिकलाई आआफ्नो देशको भ्रमणमा रोक लगाउने गरेको भएपनि बर्सेनि ठूलो संख्याका अमेरिकी नागरिकले उत्तर कोरिया भ्रमण गर्ने गरेका थिए ।

उत्तर कोरियाली सरकारले जासुसको आरोप लगाएर थुनामा राखेका ती अमेरिकीलाई जेलमै राखेको थियो । पछिल्लो समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा केही सुधार आउन थालेपछि भने ती अमेरिकी छुट्ने अपेक्षा गरिएको थियो ।

राष्ट्रपति ट्रम्पद्वारा स्वागत

यसैबीच उत्तर कोरियाद्वारा रिहा गरिएका तीन अमेरिकीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन् । बिहीबार वासिङ्टन डिसी पुगेका उनीहरुलाई राष्ट्रपति ट्रम्पले स्वागत गरेको बताइएको छ । उनीहरुलाई वासिङ्टन विमानस्थलमै पुगेर राष्ट्रपति ट्रम्पले स्वागत गरेका थिए । गतहप्ता मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली जेलमा रहेका अमेरिकी नागरिकलाई तत्कालै रिहा गर्न आग्रह गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको छ । सोही अवसरमा उनीहरूलाई रिहा गर्न उनले माग गरेका हुन् । यसै उच्चस्तरीय भेटवार्ताको तयारीको लागि नै अमेरिकी विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाको भ्रमण गरेका थिए । सो भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.