Breaking News.... EverestOnlineKhabar
June 26, 2026

मोदी नेपाल नआउँदै प्रचण्डको दैलोमै पुग्यो चिनियाँ टोली, प्रचण्डलाई व्यवहारिक नेतृत्व भन्दै उच्च प्रशंसा

Loading

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन दुई दिन मात्र बाँकी रहेकाबेला चिनियाँ उच्चस्तरीय टोली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङको नेतृत्वको टोली दाहाललाई भेटन खुमलटार पुगेको हो ।

एमालेसंग पार्टी एकताको बिषयमा विवाद बढनु र भारतीय प्रधानमन्त्री मोदी आउनु दुई दिन अघि मात्रै चिनियाँ टोलीले दाहालसंग बिशेष भेट गर्नुलाई सामान्य रुपमा हेरिएको छैन ।

भेटमा  अध्यक्ष  दाहालले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका थिए । अध्यक्ष दाहालले भने ,‘‘हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो । त्यसका लागि सम्पर्क सञ्जालको विस्तार नै मुख्य कार्यसूची रहेको छ । त्यसमा सडक सञ्जालको विस्तार, रेलमार्गको विस्तार र सम्पर्क सञ्जालको विस्तारबाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’’ उनले पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासोबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास दिलाएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

उनले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही सम्पर्क सञ्जालको विस्तारका विषयमा छलफल भएको स्मरण गर्दै भने, ‘म दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि यही विषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल गरेको छु ।’
त्यसैगरी चिनियाँ प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई नेपालको व्यावहारिक नेतृत्व भन्दै उच्च प्रशंसा गरेको थियो । 

उनीहरुले चिनियाँ जनताहरुको आकर्षक गन्तव्य नेपाल भएकाले नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ लगानीकर्ता लोभिएको बताएका थिए । दुई देशको आपसी सम्बन्धबाट नेपालको आर्थिक विकासमा सहयोग पुग्ने प्रतिनिधि मण्डलको नेतृत्व गरेर आएका उपाध्यक्ष लिजी याङले बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.