Breaking News.... EverestOnlineKhabar
June 26, 2026

धनुषा र महोत्तरीमा ठुलो हुरीःमोदीको लागि बनाइएको स्वागतद्वार ढल्यो

Loading

जनकपुरधाम,बैशाख ।
धनुषा र महोत्तरीमा आज बिहान आएको हावाहुरीले ठुलो क्षति पुर्‍याएको छ । हुरीले किसानको फलफूल तथा तरकारी खेतीमा क्षति पुर्‍याएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढलेको छ । मोदीको स्वागतका निम्ति जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढलेका हुन् । मिहिनेतपूर्वक राम–जानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका प्रवेशद्वार बुधबार बिहान साढे ३ बजेतिर आएको हावा–हुरीले ढलेका हुन् ।
हावाहुरीसँगै आएको पानीले रगभूमि मैदानमा पानी जमेको छ । जहाँ प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको थियो । यसले भ्रमण तयारीमा केही असुविधा पुग्ने भएको छ । धनुषासँगै महोत्तरीमा आएको हावाहुरीले आँपमा क्षति पुर्‍याएको छ । हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित बनेका छन् ।
यसैबीच, हावाहुरीले महोत्तरीको बर्दिबासमा लगाइएको सप्ताहको टेन्टसमेत भत्काइदिएको छ । टेन्टभित्र रहेका ५ जनाले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ । महोत्तरीमा धेरैको घरको छानो उडाएको र रुख ढालिदिएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । हुरीले बर्दिवासमा रहेको रेडियो सुनगाभाको सोलार प्यानल उडाएपछि प्रसारण प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.