Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रधानमन्त्री ओली पूर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा…..

Loading

काठमाडौ,बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दैछन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा उनले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि पुर्व प्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे १० बजे बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रम जेठ १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदमा पेश हुनेछ ।
संसद् सचिवालयका अनुसार जेठ १५ गते अर्थमन्त्रीले राजस्व र आयव्ययको अनुमान संघीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको १५ दिनअघि नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ । अस्ति आइतबारदेखि बजेट अधिवेशन सुरु भैसकेको छ ।
संसद सचिवालयले असार १५ सम्ममा बजेट पास गरिसक्ने क्यालेन्डर बनाइसकेको छ । नीति तथा कार्यक्रम संसद्ले पारित गरेपछि संसद्मा बजेट प्रस्तुत हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed