Breaking News.... EverestOnlineKhabar
June 26, 2026

एमालेभित्र गुटको रस्साकस्सीःमाधव नेपाल सुटुक्क ओली तिर,झलनाथलाई अघि सर्न दवाव दिँदै अर्को पक्ष…..

Loading

काठमाडौ,बैशाख ।
कुनै बेला एमालेभित्र माधवकुमार नेपालको गुट निर्क शक्तिशाली थियो । तर, २०७५ को शुरूआतमा आइपुग्दा भने एमालेमा माधवकुमार नेपाल समूह यति कमजोर भयो कि बैठकमा कुनै मुद्धा उठाउँदा पनि कसैले सुन्ने अवस्थासम्म आएन । विशेष गरेर नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नजिकिँदै जाँदा एमालेभित्र व्यापक ध्रुवीकरण समेत सुरु भएको छ । पछिल्लो समय केपी शर्मा ओली र माधव नेपालले पार्टीभित्र छुट्टाछुट्टै गुट चलाइरहेका थिए । ०५०–०६५ सम्म पार्टी प्रमुख चलाएका नेता नेपालले बुटवल महाधिवेशनबाट पुनरागमन हुने सोचेका थिए । देशभरका युवा पार्टीभित्रका बौद्धिक खेमा झलनाथतिर लागेपछि नेपाल र ओली पक्ष प्रतिरक्षात्मक बन्न पुगे ।
तर, पार्टी प्रमुख हुने लालसा नत्यागेका नेता नेपाल ०७० को निर्वाचनसम्म आइपुग्दा पार्टी अध्यक्षसमेत रहेका झलनाथ खनाललाई संसदीय दलको नेतामा सहयोग गर्न राजी भए । तर, उनको सपनाले सार्थकता पाउन सकेन । स्थायी कमिटी सदस्य केपी शर्मा ओलीसँग झलनाथ खनाल दलको अध्यक्षमा पराजित हुन पुगे । त्यसपछि एमालेमा व्यापक ध्रुवीकरण शुरू भयो । आठौँ महाधिवेशनमा अध्यक्ष झलनाथ खनालको पक्षमा उभिएका वामदेव गौतम ओली कित्तातिर लागे । धेरै ठूलो समूह त लान सकेनन् तर रवीन्द्र अधिकारीलगायतका केही युवा नेताहरु पनि ओलीतिरै लागे । ०५४ सालमा एमाले विभाजन भएर माले खेमामा लागेका घनश्याम भुसाल, योगेश भट्टराईलगायत युवा नेताहरूको दह्रो साथ नेता नेपालले पाए र अध्यक्ष ओलीसँगको मतान्तर कम भयो । ४४ मतले मात्रै ओली भन्दा पछि परेका थिए नेता नेपाल ।
एमाले–माओवादी एकता अघि बढिरहँदा अहिले नेता नेपाल आफैँ ओली क्याम्पतिर छिरेका छन् । स्थायी कमिटीका एक सदस्यका अनुसार अध्यक्ष ओलीले एमाले–माओवादी केन्द्र एकतापछिको महाधिवेशनमा अध्यक्षको उमेदवार बनाउने बचन दिएका छन् । त्यसैले उनी संस्थापनतिर ढल्किएका हुन् । त्यस्तै,उनले एक्लै मुकाविला गर्ने हैसियत नबनाएपछि कम्युनिस्ट आन्दोलनमा अरूको सहारा खोज्नुपर्ने बाध्यता रहने र त्यसैको उपयोग गरेको भन्दै कटाक्षसमेत गरे ।
त्यसको छनक यसअघि नै नदेखिएको होइन । तीनै तहको चुनावअघिसम्म अध्यक्ष ओली र नेता नेपालबीच हरेकजसो निर्णयमा मतभिन्नता हुन्थ्यो । तर, प्रदेश प्रमुख चयन र प्रतिनिधिसभाको उपाध्यक्ष र राष्ट्रियसभाको अध्यक्ष ओली निकटस्थ चयन हुँदा नेपाल मौन बसे । राष्ट्रपति पदमा वरिष्ठ नेता झलनाथ खनालको आकांक्षा थियो । नेता नेपालले अडान लिएको भएमात्रै पनि विद्या भण्डारीको नाममा सर्वसम्मति जुट्दैनथ्यो । नेता नेपालले मुख नखोलेकाले खनालले‘वाकओभर’ दिनुपर्ने अवस्था आएको चर्चा अहिले एमालेभित्र चल्ने गरेको छ । त्यस्तै, ३ नम्बर प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने सम्भावना थियो । तर, नेपालले खुलेर अष्टलक्ष्मी शाक्यलाई सहयोग गरेनन् । परिणामस्वरूप उनले पराजय बेहोरिन् ।
लामो समय अन्तरसङ्घर्षमा रुमल्लिएका अध्यक्ष ओली र नेता नेपाल एकै कित्तामा उभिएपछि गुटको नेता कसलाई बनाउने भन्ने विलखबन्दमा परेका छन् नेपाल खेमाका सदस्यहरू । पछिल्लो समय अध्यक्ष ओलीसँग असन्तुष्ट बनेका छन् उपाध्यक्ष वामदेव गौतम । पार्टीभित्रबाट लागिपरेर सांसद् हराएको उनको गुनासो छ । संसदीय मोर्चाबाट पाँच वर्षका लागि पर बस्नुपरेको पीडा पनि रहेको एमालेका एक नेता बताउँछन् । उमेरका कारण सक्रिय राजनीतिबाट टाढा हुन्छु कि भन्ने भय छँदैछ । त्यसैले उनी आफ्नै गुट बनाउन लागिपरेका छन् । नेता नेपाल सुटुक्क ओलीतिर लागेपछि रिक्त स्थान नेता गौतमले लिने आँकलन एमालेभित्र हुन थालेको छ ।यता पार्टीभित्र लामो समय राजनीतिक वैचारिक धारको नेतृत्व गरेका वरिष्ठ नेता खनाल पनि राजनीतिबाट ओझेल परिसकेका छैनन् । कुनै नै कुनै रूपमा आफ्नो भूमिका खोजिरहेका छन् खनाल । त्यसका लागि उनी पनि गुट बनाउने कसरतमा छन् ।
संस्थापन इतरको गुट बनाउन क्रियाशील विचार समूहले नेता झलनाथ खनालसँग पनि निरन्तर सम्वाद गरिहेको युवा नेताहरूको भनाई छ । विशेष गरी ओली इतरका नेताहरुको ठुलो जमात अझै एक पटक झलनाथ खनाललाई अघि सार्नुपर्ने पक्षमा लागेका छन् । एकिकृत पार्टीपछि झलनाथ खनालले नै आवश्यक परे नेतृत्व गर्नसक्ने र नेतृत्व पाउने अवस्था नआएपनि पार्टी भित्र बलियो समुहको नेतृत्व खनालले नै गर्न सक्ने भन्दै बौद्धिक र युवा जमात खनाललाई अघि सर्न दवाव दिईरहेका छन् । त्यसका लागि उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराईलगायत केही नेताहरूले प्रयत्नसमेत गरिरहेका छन् । त्यस्तै उपाध्यक्ष भीम रावल पनि ओलीका पछिल्ला गतिविधिबाट सन्तुष्ट छैनन् । निर्वाचनपछि भूमिकाविहीनजस्तै देखिएका रावल आफ्नै गुट बनाउने कसरतमा छन् । नवौँ महाधिवेशनमा नेता नेपालकै समूहबाट उपाध्यक्ष जितेका रावलले आफूहरूलाई साथ दिने युवा नेताहरूको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed