![]()
काठमाडौं । बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आएकी छन् । करिश्मा काठमाडौं दरबारमार्ग्स्थित मेरीगोल्ड ज्वेलर्स शोरुमको उद्घाटन गर्न आएकी हुन् ।

सोमबार विहान काठमाडौं उत्रिएकी उनी सोमबार नै स्वदेश फर्किएकी छन । करिश्मा भारतीय अर्की अभिनेत्री करिना कपुरकी दिदी हुन । दुवै दिदीबहिनी बलिउड फिल्म जगतमा निकै सफल अभिनेत्रीका रुपमा परिचित छन ।
शो रुप उद्घाटनकाक्रममा उनलाई बाजागाजासहित स्वागत र सम्मान गरिएको थियो ।
करिश्मा अभिनित राजा हिन्दूस्तानी, जिगर, अनाडी, राजाबाबु, जीत, दिल तो पागल हे, जानवर, हम साथ साथ हें लगायत दर्जनौ फिल्म सुपरहिट छन ।

