![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै खालका सिण्डिकेट अन्त गर्ने दृढता व्यक्त गरेका छन् । आइतबार अपरान्ह संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य शुरुआतमात्र भएको भन्दै अब सिण्डिकेट कतै पनि स्वीकार्य नहुने प्रष्ट पारे ।
प्रधानमन्त्रीले भने ‘यो सरकार जनताको पूर्ण समर्थन प्राप्त भएको बलियो सरकार हो । कसैले सोचेको थिएन सिण्डिकेट तोडिन्छ भनेर । तर यो सरकारले सिण्डिकेट तोडेर छाड्यो । अरु क्षेत्रमा पनि सिण्डिकेट छ, त्यो पनि तोडिन्छ ।’
प्रधानमन्त्री ओलीले लोकतन्त्रमा नेता बलियो हुँदा कोही डराउन नपर्ने भन्दै जनताको समर्थनमा मात्र नेता बलियो हुने बताए । कतिपयले आफू बलियो प्रधानमन्त्री भएकोमा रिस गरेको भन्दै उनले लोकतन्त्रमा व्यक्ति होइन प्रणाली बलियो बनाउने आफ्नो मिसन भएको बताए ।


