Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बन्दुक राख्न दिएको भए प्यारिस हमला रोक्न सकिन्थ्यो भन्ने ट्रम्पको भनाइप्रति फ्रान्सको विरोध

Loading

 बीबीसी। मानिसहरूलाई बन्दुक राख्न दिएको भए सन् २०१५ को प्यारिस हमलालाई रोक्न सकिन्थ्यो भन्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइप्रति फ्रान्सले विरोध जनाएको छ। प्यारिस हमलामा १ सय ३० जना मारिएका थिए। फ्रान्सको विदेश मन्त्रालयले ट्रम्पको दावीलाई खारेज गरेको छ र पीडितहरूको सम्झनाको सम्मान गर्न भनेको छ।

टेक्ससमा न्याशनल राइफल एशोसियसनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भने- यदि प्यारिसको सांगीतिक कार्यक्रम हलमा काम गर्ने एक जनासँग पनि त्यो राति बन्दुक भइदिएको भए बन्दुकधारीहरू या त भाग्थे या त मारिने थिए। सम्बोधनका क्रममा ट्रम्पले प्यारिस हमलामा बन्दुकधारीहरूले एक-एक जना पीडितलाई बोलाउँदै गोली हानेको र गोली चलेको आवाज निकाल्दै प्रहसन गरेका थिए।

जबकि वास्तविकतामा प्यारिस हमलाकारीले पीडित १३० जनामाथि अन्धाधुन्ध गोली चलाएका थिए र बम भएका ‘बेल्ट’हरू विस्फोट गराएका थिए।

प्यारिस हमला गरिएको बेलाका राष्ट्रपति फ्रास्वां ओलान्दले ट्रम्पको भनाइलाई ‘लज्जाजनक’ भनेका छन्। ओलान्दले थपे, “ट्रम्पको भनाइले उनी फ्रान्स र फ्रान्सेली मान्यताबारे के सोच्छन् भन्ने विषयमा धेरै कुरा बताएको छ।”

तत्कालीन फ्रान्सेली प्रधानमन्त्री मानुएल भासले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अभद्र र अक्षम। योभन्दा बढी म के भन्न सक्छु र?’

हालै अमेरिका भ्रमणका क्रममा ट्रम्पसँग सौहार्दपूर्ण वार्ता गरेका राष्ट्रपति एमानुएल माक्रोँले चाहिँ ट्रम्पको भनाइप्रति कुनै प्रतिक्रिया जनाइसकेका छैनन्। सन् २०१५ को नोभेम्बर १३ मा गराइएको हमलाको जिम्मेवारी तथाकथित इस्लामिक स्टेट समूहले लिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.