Breaking News.... EverestOnlineKhabar
June 28, 2026

इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम वेष्ट ब्रुमसँग १ – ० ले पराजित

Loading

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम पराजित भएको छ ।  टोटनह्याम रेलिगेसन जोनको वेष्ट ब्रुमसँग १ – ० ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा वेष्ट ब्रुमलाई जित दिलाउन जाके लिभरमोरेले निर्णायक गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै लिभरमोरेले घरेलु टोलीलाई जित दिलाए । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा टोटनह्यामले आधा दर्जन बढी गोलको अवसर फालेको थियो ।

टोटनह्यामलाई हराएसँगै वेष्ट ब्रुमले प्रिमियर लिगमा रेलिगेसनबाट जोगिने सम्भावना कायम राखेको छ ।  लिगमा ३१ अंक जोडेको वेष्ट ब्रुमको पुछारबाट दोस्रो स्थानमा रहेको छ । यता, टोटनह्यामले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानको टोटनह्यामको ३१ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.