Breaking News.... EverestOnlineKhabar
June 28, 2026

प्रदेश १ का आफना प्रिय मुख्यमन्त्री राईप्रति प्रधानमन्त्रीको असन्तुष्टि, सगरमाथा वा कोशी प्रदेश नाम राख्न सुझाव

Loading

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम राख्न र राजधानी तोक्न ढिलो भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । झापाको दमकमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश १ ले प्रदेश ६ बाट केही सिक्नुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेश १ को मुख्यमन्त्री आफनै बिश्वासपात्र शेरधन राई भएपनि नाम र राजधानी तोक्न ढिलाई भएको भन्दै प्रधानमन्त्री ओलीले सार्वजनिकरुपमै असन्तुष्टि जनाउनु भएको हो । उहाँले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्दा उपयुक्त हुने सुझाव दिनुभयो ।

ओलीले प्रदेश ६ ले आफ्नो प्रदेशको नामाकरण र राजधानी तोकेर अघि बढि सक्दासमेत प्रदेश १ को ध्यान जान नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ,‘प्रदेश ६ लाई अब ६ नम्बर प्रदेश भन्नु पर्दैन । उसले आफ्नो प्रदेशको नाम कर्णाली प्रदेश राखिसक्यो । उससँग अस्थायी होइन, स्थायी राजधानी पनि भईसक्यो । प्रदेश ६ ले आफ्नो राजधानी सुर्खेत तोकिसक्यो । प्रदेश १ के हेरेर बसेकोछ ? ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.