Breaking News.... EverestOnlineKhabar
August 11, 2026

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अराजकताको अन्त्य भएकाले अब विकास र निर्माणको कामले गति लिने बताउनु भएको छ ।

बबरमहलमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष दाहालले जनताले अब विकास र निर्माणको कामले गति लिएको हेर्न चाहेको बताउनुभयो । आफूले युद्धलाई शान्ति र शान्ति प्रक्रियामार्फत् मुलुकमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गरेकोले अब जनताको अपेक्षा अनुसार काम गर्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  उहाँले जनताले गरेको आशा र भरोसा अनुसार काम गर्ने जिम्मेवारी कर्मचारीहरुमाथि पनि आएको स्मरण गराउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री जनार्दन शर्माले बदलिँदो परिवेश अनुसार आफूलाई बदल्न कर्मचारीहरुलाई सचेत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed