Breaking News.... EverestOnlineKhabar
August 11, 2026

प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिने राजपा र संघीय समाजवादी फोरमको तयारी…..?

Loading

काठमाडौ,बैशाख ।
सरकारले मधेसवादी दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई पनि सरकारमा सहभागी गराउने तयारी गरेको निकै लामो समय भईसक्यो । तर, यसले मूर्त रुप पाउन सकेको छैन । उपेन्द्र यादव नेतृत्वको फोरम र सरकारबीच मन्त्रालय भागवन्डामा कुरा मिलेको छैन । पछिल्लो केही महिनायता र वार्ता समेत हुन सकिरहेको छैन ।
महन्थ ठाकुर नेतृत्वको राजपा र सरकारबीच भने संविधान संशोधनको विषयमा असहमति छ । राजपा नेपालले सरकारसँग मधेस आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, आफ्ना कार्यकर्तालाई लगाइएका झुटा मुद्दा फिर्ता गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग राखेको छ ।
फोरम अध्यक्ष उपेन्द्र यादवले आफूहरु सरकारमा सहभागी हुने अनिश्चित भएको बताए । उनले भनेः‘हामीले पहिलेदेखि नै कुरा मिल्यो भनेमात्र सरकारमा जान्छौं भनिरहेका थियौं । सरकारसँग कुनै ठोस सहमति भएको छैन । संविधान संशोधनको विषयमै कुरा मिलेको छैन । सरकारसँग संविधान संशोधनको विषयमा कुरा मिलेको भए कुरा अगाडि बढ्थ्यो ।’ अध्यक्ष यादवले सरकार आफूहरुबीच मन्त्रालय भागवन्डामा पनि कुरा नमिलेको स्पष्ट पारे । सम्झौता भएको एक मिनेटमा सरकारलाई मन्त्रीहरुको नाम दिने यादवको दाबी छ ।
राजपा नेपालले भने सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने मनस्थिति बनाएको छ । राजपा महामन्त्री मनिष सुमनले सरकारले आफूहरुलाई वेवास्ता गरेको भन्दै विश्वासको मत फिर्ता लिने तयारी गरेको जानकारी दिए । उनले भनेः‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेका छौं । त्यसको लागि राजनीतिक समितिको बैठक छिट्टै डाक्दैछौं । हामीलाई अहिले आएर धोका महसुस भइरहेको छ ।’ १० दिनभित्रै समर्थन फिर्ता लिने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत फागुन २७ गते राजपाका १७ प्रतिनिधिसभा सांसदले विश्वासको मत दिएका थिए ।
सरकारले भने मधेसवादी दलहरुसँग निरन्तर संवाद भएको भन्दै वार्ता नटुटेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed