Breaking News.... EverestOnlineKhabar
August 31, 2026

Loading

एजेन्सी ।  बलिउड अभिनेत्री श्रीदेवीको जीवनीमा आधारित फिल्म बन्ने भएको छ। चर्चित फिल्म निर्माता एवं श्रीदेवीका पति बोनी कपुरले दिवगंत पत्नीको जीवनमा आधारित डकुमेन्ट्री फिल्म बनाउन लागेका हुन्।

पछिल्ला दिनमा उनले फिल्म निर्माणका लागि सम्पूर्ण समय यसैमा केन्द्रित गरेका छन्। फिल्मका लागि उनले ‘श्री’, ‘श्रीदेवी’ र ‘श्रीदेवी म्याम’ नामको ३ शीर्षक दर्ता गराइसकेका छन्। उनले बलिउडको प्रोड्युसर एशोसियसनको रजिस्ट्रेशन डिर्पाटमेन्टमा अहिलेसम्म २० शीर्षक दर्ता गराएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्ममा श्रीदेवीको वास्तविक आवाज प्रयोग गरिनेछ। श्रीदेवीसँग जोडिएका कैयौ रियल भिडियो फुटेज पनि प्रयोग गरिनेछ। बोनी कपुरले श्रीदेवीको सम्झनामा यो फिल्म बनाउन लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.