![]()
कपिलवस्तु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मुलुकको समग्र विकासका लागि कर्मचारीतन्त्र सुधारिन अावस्यक भएकाे बताएका छन्।
कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा निजामती कर्मचारीहरूले राखेको स्वागत कार्यक्रमलाई संवोधन गर्दै मन्त्री पण्डितले कर्मचारीतन्त्र घुसखोरी नभई पारदर्शी, सुशासनयुक्त र बलियो भए देशको बृहत्तर विकासमा सघाउ पुग्ने बताए । मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीको साथ लिएर देशलाई समृद्धिको बाटोमा लैजान जनप्रतिनिधिहरूलाई आग्रह गरे।
जनप्रतिनिधिलाई विशेष निर्देशन दिंदै मन्त्री पण्डितले जनप्रतिनिधिलाई गल्ती गर्ने अधिकार नभएको उल्लेख गरे। मन्त्री पण्डितले जनताकाे मेहनत, पसिनाकाे कमाइबाट तिरेको कर सेवा सुविधा उपभोग गर्न हुनेले काम गर्न किन आलटाल गर्ने भन्दै कर्मचारीलाई प्रतिप्रश्न तेर्साए।
राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्नेमा उनले जोड दिए। संघीय संरचनाअनुसार भइरहेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा तीनवटै तहमा व्यवस्थापन गर्ने बताए।


