Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । विश्व नम्बर एक स्पेनिस स्टार राफायल नाडाल बार्सिलोना ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा बेल्जियमका डेभिड गोफिनलाई हराउदै नाडालले फाइनलमा स्थान पक्का गरेका हुन् ।

क्ले कोर्टको बादशाह मानिने नाडालले दशौं वरियताका गोफिनलाई ६ – ४ र ६ – ० को सेटमा पराजित गरे । यो जितसँगै नाडालले क्ले कोर्टमा लगातार १७ खेलमा औं जित निकालेका छन् ।  यस्तै नाडालले ४२ औं खेलसम्म अपराजित यात्रा जारी राखेका छन् ।

क्ले कोर्टमा नाडालको यो करियरको ४०० औं जित समेत हो । योसँगै नाडाल क्ले कोर्टमा ४ सय जित निकाल्ने चौथो खेलाडी समेत बने  ।

साविकको विजेतासमेत रहेका नाडालले अब उपाधिका लागि ग्रिसका स्टेफानोस सिट्सीपाससँग खेल्ने छन् । नाडालले बार्सिलोना ओपन टेनिसको उपाधि १० पटक जितिसकेका छन् । ६३ औं वरियताका सिट्सीपासले पाँचौ वरियताका पाब्लो कारीनो बुस्टालाई ७ – ५ र ६ – ३ ले हराउदै फाइनलमा स्थान पक्का गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.