![]()
एजेन्सी,बैशाख ।
अन्तिम ३ मिनेटमा २ गोल गर्दै युभेण्टसले इटालियन सिरी एको उपाधि होड कायमै राखेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको युभेण्टसले इण्टरमिलानलाई ३–२ ले हराएको हो । युभेण्टसलाई जिताउन डोग्लस र हिग्विनले गोल गरे । इण्टरमिलानले एउटा आत्मघाती गोलको उपहार दिएको थियो ।
युभेण्टसले ८७ औं मिनेटसम्म २–१ ले पछि परेको अवस्था उल्टाउँदै खेल जितेको हो । ८७ औ मिनेटमा इण्टरमिलानका स्क्रिनरले आत्मघाती गोल गरे । निर्णायक गोल भने युभेण्टसका हिग्वीनले ८९ औं मिनेटमा गरेका थिए ।
खेलको १८ औं मिनेटमै भेसिनोले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित इण्टर मिलानले इकार्दीको गोलमा ५२ औं मिनेटमा अग्रता लिएको थियो । युभेण्टसका बर्जाग्लीले ६५ औं मिनेटमा आत्मघाती गोल गरेपछि युभेण्टसले पहिलो हाफसम्म २ शुन्यको अग्रता लिएको थियो ।


