![]()
एजेन्सी,बैशाख ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिएका छन् । ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भनेः‘ दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन् । उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भैरहेको छ ।’
जारी वार्ताका बिषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि कुराकानी भएको छ, ट्रम्पले भने । मुनले ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग शुक्रबार भेटवार्ता गरी स्थायी तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्ण निशस्त्रीकरण गर्ने बिषयमा सहमति गरेका थिए ।
दुई कोरियाली मुलुकमा सन् १९५० मा शुरू भएको करिब तीन वर्षको युद्धपछि युद्धविरामको सहमति भएपनि ६५ वर्षसम्म शान्ति सम्झौता भने हुनसकेको छैन ।


