![]()
एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छन्। प्रियंका अमेरिकन टिभी शो ‘क्वान्टिको’को तेस्रो सिजनको सुटिङका क्रममा घाइते भएकी हुन्।
नायिका चोपडाले आफू घाइते भएको कुरा आफ्नो ट्वीटरबाट जानकारी गराएकी हुन । उनको घुँडामा चोट लागेको छ। चोट ठिक हुन कम्तिमा ३ साता लाग्ने उनले ट्वीटमा उल्लेख गरेकी छन्।

अभिनेत्री चोपडाले हलिउड तथा बलिउडमा निकै सफल नायिकाको छाप छोडेकी छिन ।


