Breaking News.... EverestOnlineKhabar
August 14, 2026

मोदी र सि जिनपिङबीच चिया वार्ता : ‘आतंकवाद साझा खतरा’

Loading

एजेन्सी ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणको दोस्रो दिन चिनियाँ राष्ट्रपति शी जिनपिङसँग थुप्रै मुद्दामा कुराकानी गरेका छन् । शी र मोदी बुहानमा शहरको इस्ट लेकमा गए । दुबै नेताले डुंगाको सवारी पनि गरे । समाचार एजेन्सी पीटीआईले भारतका विदेश सचिव विजय गोखलेलाई उदृत गर्दै भनेको छ, दुई नेताले आतंकवादलाई साझा खतरा बताएका छन् र यसलाई रोक्न सहयोग बढाउने प्रतिवद्धता पनि जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले शीसँग भेटवार्ता गरेको तस्वीर ट्वीट गर्दै केही जानकारी पनि दिएका छन् । उनले भनेका छन्, ‘राष्ट्रपति शी जिनपिङ र मैले आज विहान पनि विचार विमर्श जारी राख्यौं । द्वीपक्षीय सम्वन्धका विभिन्न पक्षमा कुराकानी भएको छ ।’

मोदीले अर्को ट्वीटमा लेखेका छन्, ‘चियासँगै सार्थक चर्चा । भारत र चीनको बलियो मित्रता हाम्रो देशका मानिस र विश्वकै लागि फाइदाजनक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed