Breaking News.... EverestOnlineKhabar
August 13, 2026

कप्तान फेरिएपछि लयमा फर्कियो दिल्ली, कोलकता ५५ रनले पराजित

Loading

एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्सले हारको सिलसिला तोड्दै कोलकाता नाइटराइडर्समाथि ५५ रनको जित निकालेको छ । यो जितसँगै दिल्ली ४ अंकसहित सातौं स्थानमा उक्लिएको छ ।

कोटाला मैदानमा टस हारेर व्याटिङ गरेको दिल्लीले कोलकातालाई २२० रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङ सुरु गरेको कोलकाताले ९ विकेटको क्षतिमा मात्र १६४ रन बनाउन सक्यो । कोलकाताका लागि एन्ड्रयु रसेलले सर्वाधिक ४४ रन बनाए । शुवमान गिलले ३७ र सुरेश नरैनले २६ रन बनाए । बलिङतर्फ अमित मिश्रा, अभेस खान, ग्लेन म्याक्सवेल र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

 

यसअघि पहिले व्याटिङ गरेको दिल्लीका लागि नवनियुक्त कप्तान श्रेयसले ३ चौका र १० छक्काको मद्दतमा नटआउट ९३ रनको योगदान गरे । उनले ४० बल सामना गरेका थिए । श्रेयस प्लेयर अफ दि म्याच बने । यसैगरी ओपनर पृथ्वी शाले ६२ रन बनाए । कोलिन मुनरोले ३३ र ग्लेन म्याक्सवेलले २७ रन बनाए । बलिङतर्फ एन्ड्रयु रसेल, शिवम मावि र पियुस चावलाले एक–एक विकेट लिए ।

आईपीएलको जारी सिजनको सात खेलमा दिल्लीको यो दोस्रो जित हो । यसअघि दिल्लीले मुम्बई इण्डियन्सविरुद्ध जित निकालेको थियो । लगातार हार व्यहोरेपछि कप्तान गौतम गाम्भीरले पद त्यागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed