Breaking News.... EverestOnlineKhabar
October 3, 2026

आइपीएल क्रिकेटमा मुम्बईको पाँचौं हार, हैदरावाद तेस्रो स्थानमा

Loading

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिकको विजेता मुम्बई इण्डियन्सले पाँचौ हार बेहोरेको छ । मुम्बईले सनराइजर्स हैदरावादसँग ३१ रनले पराजित हुँदै पाँचौ हार बेहोरेको हो ।

मुम्बईस्थित वन्खेडे क्रिकेट स्टेडियममा पाहुना टोली हैदरवादले दिएको ११९ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बई १८ ओभर ५ बलमा अलआउट हुँदै ८७ रनमा समेटियो । मुम्बईको लागि सुर्य कुमार यादवले ३४ तथा कुर्नाल पाण्डयले २४ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन् । मुम्बईलाई सस्तैमा समेट्न हैदरावादका सिदार्थ कउलले ३ तथा राशिद खान र बासील थाम्पीले समान २ – २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले १८ ओभर ४ बलमा अलआउट हुँदै ११८ रन जोडेको थियो । हैदरावादका लागि कप्तान केन विलियमसन र युसुफ पठानले समान २९ – २९ रन जोडे । यस्तै मनिस पाण्डेले १६ तथा मोहमद नाबीले १४ रन बनाए ।
मुम्बईका मायांक मार्कन्दे, मिचेल म्याकक्लेनघन र हार्दिक पाण्डयले समान २ – २ विकेट लिए ।

यो जितसँगै हैदरावाद लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed