Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेपालगन्ज कप क्रिकेटः उपाधिका लागि दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज भिड्ने

Loading

नेपालगञ्ज,बैशाख ।
बाँकेको कोहलपुरमा भइरहेको नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि एनआइसि एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज भिड्ने भएका छन्। फाइनल खेल बुधबार हुनेछ । सोमबार भएको पहिलो खेलमा दंगाली गोर्खाजले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो। ५ खेलमा ४ जित दर्ता रोल्पा गोरिल्लाज रनरेटको आधारमा फाइनलमा प्रवेश गर्यो।
सोमबार दंगालीविरुद्ध पहिले ब्याटिङ गरेको पाल्पाले २० ओभर ७ विकेट गुमाउँदै १ सय १३ रन जोडेको थियो। पाल्पाका ओपनर प्रकाश केसीले ३० रन, अनुपम सिंहले २३ रन तथा भीम धमलाले १६ रन बनाएका थिए। दंगालीका लागि सन्दीप सुनार तथा शाहिद अन्सारीले समान २(२ विकेट लिए।
११४ रनको लक्ष्य दंगाली १४.४ ओभरमा ३ विकेट गुमाएर पार गर्यो। दंगालीको जितमा सदाब अन्सारीले आक्रमक ब्याटिंग गर्दै ३३ बलमा ५० रन बनाएका थिए। त्यस्तै मनोज सुनारले २१ रन, सद्दाम हुसेनले १७ रन जोडे। लुम्बिनी यात्रीजले जित दर्ता गरे पनि रन रेटमा फाइनलमा स्थान बनाउन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed