![]()
काठमाडौ,बैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणका लागि वैशाख २८ गते काठमाडौं आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले प्रस्ताव गरेकै तिथिलाई सोमबार बिहान अनुमोदन गरेपछि मोदीको भ्रमणको मिति टुंगो लागेको हो । तर, दुवै देशका तर्फबाट औपचारिकरुपमा सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्रीका रुपमा मोदीको यो तेस्रो नेपाल भ्रमण हो । नेपालले समान हैसियतका विषय उठाउँदै आए पनि भ्रमण मितिबारे भारतको एकतर्फी प्रस्तावलाई भने अस्वीकार गर्न सकेन । कर्नाटक निर्वाचनको मौन अवधिमा मोदीले नेपाल भ्रमण गर्ने तिथि मिलाएका हुन्, त्यसलाई नेपालले स्वीकार गरेको छ । प्रधानमन्त्री ओली निकट स्रोत भन्योः‘ प्रधानमन्त्री ओलीको बेइजिङ यात्रा अब पछाडि धकेलिनेछ । तर पनि बेइजिङ जाने तिथि तय भइसकेको छैन ।’
पहिलो विदेश भ्रमण भारतबाट गर्ने परम्परालाई निरन्तरता दिएका ओली उत्तरी छिमेक चीनको भ्रमण गरेपछि भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौंमा स्वागत गर्ने मनःस्थितिमा थिए । भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण‘पूजापाठ’ भन्दा पनि यसअघिको जस्तै राजनीतिक‘लाभहानि’ उद्देश्यले प्रेरित रहेको देखिएको छ ।


