Breaking News.... EverestOnlineKhabar
June 26, 2026

उत्तर कोरियामा ३२ चिनियाँ नागरिकसहित ३६ जनाको मृत्यु

Loading

बीबीसी । उत्तर कोरियामा एक पर्यटक बस दुर्घटनाहुँदा ३६ जनाको मृत्यु भएको छ । बेइजिङबाट उत्तर कोरिया भ्रमणमा गएका पर्यटक सवार बस दुर्घटनमा परेको हो । मृत्यु हुनेमा ३२ जना चिनियाँ नागरिक र ४ जना उत्तर कोरियाका रहेका छन् ।

प्योङयोङको दक्षिणतर्फ रहेको उत्तर ह्वान्गे क्षेत्रमा चिनियाँ पर्यटक सवार बस पुलबाट खसेको बीबीसीले उल्लेख गरेको छ ।
बसमा सवार चिनियाँ नागरिकहरुको पहिचान र दुर्घटनाको क्षतिबारे थप विवरण आउने क्रम जारी छ । उत्तर कोरियाको राष्ट्रिय सञ्चारले भने अहिलेसम्म यसबारे कुनै खबर गरेको छैन ।

उत्तर कोरियासँग सबैभन्दा नजिकको सम्बन्ध राख्ने हुनाले पनि हरेक वर्ष उत्तर कोरिया पुग्ने थोरै पर्यटकहरुमा अधिकांश चिनियाँ हुने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.