![]()
बीबीसी । दक्षिण कोरियाले सीमा क्षेत्रमा उत्तर कोरिया तर्फ फर्काइएका लाउड स्पिकर बन्द गरेको छ । दक्षिण कोरियालेसीमा क्षेत्रमा उत्तर कोरिया तर्फ फर्काएर लाउड स्पिकर राखेको थियो ।
अहिले दुई देशका शीर्ष नेताबिच वार्ता हुने तयारी भएपछि ब्रोडकास्टिङ्ग प्रोपोगाण्डा बन्द गरिएको हो । दक्षिण कोरियाले सीमा क्षेत्रमा उत्तर कोरिया तर्फ फर्काएर दर्जनौँ लाउड स्पिकर राखेको छ । त्यसमार्फत कोरियाली पप गीतसहित उत्तर कोरिया सम्बन्धी समाचार बजाउने गरिएको छ । यस्तो सामग्री सीमा नजिक रहेका उत्तर कोरियाली सेना तथा सर्वसाधारण नागरिकले सुन्ने गरेका थिए ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाका नेता किम जोङ–उनबिच आउँदो शुक्रबार सिओलमा वार्ता हुँदैछ । वार्ताको वातावरण बनाउनका लागि दक्षिण कोरियाले लाउड स्पिकर बन्द गरेको हो ।
सोमबार बिहानैदेखि लाउड स्पिकर बन्द गरिएको दक्षिण कोरियाले जनाएको छ ।


