Breaking News.... EverestOnlineKhabar
August 29, 2026

३३ किलो सुन तस्करी प्रकरणःबहालवाला उच्च प्रहरी अधिकारी पनि छानबिनको दायरामा

Loading

काठमाडौ,बैशाख ।
३३ किलो सुन तस्करी प्रकरणमा पूर्वडिआईजी गोविन्द निरौला पक्राउ परेपछि तस्करहरुसँग साँठगाठ भएका अन्य प्रहरी अधिकारीहरु जागिर जोगाउन दौडधुपमा लागेका छन्। निरौलापछि छानबिन समितिले अन्य प्रहरी अधिकारीहरुसँग सोधपुछको तयारी गरेको छ। तस्करीका नाइके चुडामणि उप्रेतीसँग दर्जन बहालवाला प्रहरी अधिकारीको संलग्नता देखिएको स्रोतले जनाएको छ । सम्बन्ध देखिएका सबैलाई छानबिन समितिले सोधपुछका लागि पत्र लेखिसकेको छ।
११ दिनअघि मात्र अवकाश पाएका निरौलालाई छानबिन समितिले आइतबार थुनामा राखेको छ। उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय मोरङ लैजाने तयारी भएको स्रोत बताउँछ। अनुसन्धानको क्रममा उनको उप्रेतीसँग निकटता देखिएको थियो। साथै केही व्यक्तिले बयानका क्रममा उनलाई पोलेका छन्।
एसएसपीहरु श्याम खत्री, प्रेम चन्द लगायत अन्य प्रहरी अधिकारीहरुलाई समेत छानबिन समितिले सोधपुछका लागि पत्राचार गरिसकेको छ। निरौलाले भने उप्रेतीसँग आफ्नो चिनजान मात्र भएको र तस्करीमा सहयोग नगरेको दाबी गरेका छन्। स्रोतका अनुसार तस्करीमा सघाएको प्रमाण समेत भेटिएकाले उनलाई म्याद संगठित अपराधमा म्याद थप गरी कारबाही गर्न लागिएको हो।
गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेल नेतृत्वको छानबिन समितिले दोस्रो चरणको अनुसन्धान थालेको छ। दोस्रो चरण अन्र्तगत तस्कर समूहलाई सघाउने प्रहरी लगायत व्यक्तिहरुमाथि अनुसन्धान सुरु भएको हो। गोरेले दर्जनौं प्रहरी अधिकारीहरुलाई महंगो उपहार दिने र बाजेको सेकुवा रेष्टुरेन्टमा बोलाएर भोज दिने गरेका थिए। बाजेको सेकुवा उनकै आफन्त चेतन भण्डारीको हो। भण्डारीमाथि पनि छानबिन समितिले सम्पती रोक्का राखी छानबिन अघि बढाएको छ।
उप्रेतीसँग चिनजान भएकामध्ये धेरै प्रहरीले उनलाई तस्करीमा सघाएको हुनसक्ने स्रोत बताउँछ। केही प्रहरी अन्य समूहको सुन तस्करीको सूचना दिएर पनि नजिक हुने गरेका थिए।  उनकै तस्करीको ३३ किलो सुन हराएपछि एकान्टेन्टका रुपमा काम गर्ने सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.