Breaking News.... EverestOnlineKhabar
August 29, 2026

तेक्वान्दो संघले १८औं एसियन्स गेम्समा आफना खेलाडी मात्र सहभागि गराउने

Loading

काठमाडौं । नेपाल तेक्वान्दो संघले १८औं एसियन्स गेम्समा आफ्ना खेलाडीहरुले मात्र भाग लिने स्पष्ट पारेका ेछ । खेलाडीको प्रतियोगिता गराएर खेलाडी छान्ने प्रस्ताव संघले अस्वीकार गरेको छ ।

संघले पत्रकार सम्मेलन गरेर योजनावद्ध रुपमा विवादमा तान्न खोजिएकोमा आपत्ती जनाउँदै आफू विश्व तेक्वान्दो महासंघ लगायतका सबै निकायबाट मान्यता प्राप्त भएकाले अरुले खेलाडी छान्ने र प्रशिक्षा गराउने कुरा अर्थहीन भएको जनाएको छ ।

एसियन्स गेम्सका लागि नेपाल तेक्वान्दो संघसँगै राष्ट्रिय तेक्वान्दो संघले पनि खेलाडी छनोट गरेको छ । राष्ट्रिय तेक्वान्दो संघ खेलकुद परिषद्मा दर्ता संघ हो ।

राखेपले दुबै संघले छानेका खेलाडीको प्रतिस्पर्धा गराएर एसियन्स गेम्समा पठाउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.