Breaking News.... EverestOnlineKhabar
August 29, 2026

अनुगमनका लागि रासायनिक अस्त्रसम्बन्धी बिज्ञहरु सिरियाको डुमामा

Loading

बीबीसी । सिरियाको राजधानी दमास्कसनजिक रहेको रासायनिक हमला भएको भनिएको स्थानको रासायनिक अस्त्रसम्बन्धी अन्तर्रा्ष्ट्रिय विज्ञहरूले अन्ततः अनुगमन गरेका छन्।

रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने सङ्गठन ओपीसीडब्ल्यूको एउटा टोली डुमा नगर पुगेको हो। सो टोलीले त्यहाँ नमुना तथा अन्य वस्तुहरूको संकलन गरेको छ।

सिरियाली सरकारी पक्षबाट विद्रोहीहरूको बलियो पकडक्षेत्र मानिएको डुमा नगरमा एप्रिल ७ मा ’रासायनिक हमला’ गरेको भनिएको जवाफस्वरूप गत शनिबार पश्चिमा शक्तिहरूले सिरियाविरुद्ध क्षेप्यास्त्र हमला गरेका थिए। विद्रोहीहरु बाहिरिएपछि अहिले भने डुमा नगर सिरियाली सरकार र रुसको नियन्त्रणमा रहेको छ र दुवै पक्षले त्यस्तो रासायनिक हमला भएको अस्वीकार गर्दै आएका छन्।

एउटा प्रेस विज्ञप्ति जारी गर्दै ओपीसीडब्ल्यूले उसको टोलीले एप्रिल ७ मा बमबारी गरिएको भनिएको दुई स्थानमध्ये एक स्थानको भ्रमण गरेको छ। नाम नखुलाइएको ती नमुना विश्लेषण हेगको बाहिरी भेगमा रहेको ओपीसीडब्ल्यूको प्रयोगशालामा पठाइने अनि त्यसपछि निश्चित प्रयोगशालाहरूमा नमुना जाँच तथा विश्लेषण हुने ओपीसीडब्ल्यूले जनाएको छ।

अन्य सूचना तथा ’सामग्रीहरू’ पनि अनुगमनकर्ताहरूले संकलन गरेको सो संगठनले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.