Breaking News.... EverestOnlineKhabar
August 29, 2026

अर्मेनिया: प्रधानमन्त्री-विपक्षी नेताबीच वार्ता हुने

Loading

बीबीसी । अर्मे्नियामा सरकारविरोधी प्रदर्शन गर्ने नेताले देशको लामो समयदेखि नेतृत्वदायी पदमा रहेका नेता तथा प्रधानमन्त्री सेर्ज सार्किस्यानसँग वार्ता गर्ने बताएका छन्।

प्रधानमन्त्रीको राजीनामा माग गर्दै निकोल पासिनियान आएका छन् र त्यसैबारेमा छलफल गर्न मात्रै आफू तयार भएको पनि बताएका छन्। अर्मे्नियाका राष्ट्रपतिले नाटकीय रूपमा हस्तक्षेप गर्दै पासिनियानलाई भेट्न र वार्ताका लागि आह्वान गर्न प्रदर्शनकारीको भीडमाझ हिँडेपछि यी घटनाक्रम भएका हुन्।

प्रधानमन्त्रीको जस्तो एकै थर भए पनि नाता नपर्ने राष्ट्रपतिले आफू देशको अवस्थाबारे गहिरो रूपमा चिन्तित रहेको बताए । उनले प्रधानमन्त्रीको संवादको प्रस्तावलाई अस्वीकार गरे त्यसले मूठभेड निम्तिन सक्ने चेतावनी पनि दिएका छन्।

प्रधानमन्त्री सार्किस्यानले प्रधानमन्त्री हुनुअघि देशको नेतृत्व १० वर्षदेखि राष्ट्रपतिका रूपमा गर्दै आएका छन्। प्रदर्शनको ९ औं दिनमा कम्तीमा ८० जना प्रदर्शनकारीहरूलाई हिरासतमा लिइएको छ। अर्मे्नियाका नयाँ राष्ट्रपतिले आफ्ना पूर्ववर्तीको शक्तिमा टिकिरहने प्रयासविरुद्ध भएका विरोध प्रदर्शनमा गइ व्यक्तिगत रूपमा हस्तक्षेप गरेका छन्।

राजधानी यारेभानमा भएको प्रदर्शनमा गएर राष्ट्रपति आर्मेन सार्किस्यानले प्रदर्शनकारीका नेता पासिनियानलाई भेटि हात मिलाएका थिए र औपचारिक वार्ताको प्रस्ताव गर्दै केहीबेर कुराकानी गरेका थिए।

थर एउटै भए पनि राष्ट्रपतिसँग कुनै नाता नपर्ने सेर्ज सार्किस्यानले राष्ट्रपतिबाट राजीनामा दिए पनि आफ्नो बाचा तोड्दै प्रधानमन्त्रीका रूपमा गत साता फर्किएका थिए। उनी राष्ट्रपति भएका बेला देश राष्ट्रपतीय प्रणालीबाट प्रधानमन्त्री कार्यकारी हुने गरी संसदीय अभ्यासमा गएको थियो।

सेर्ज सार्किस्यानले विगतमा आफ्नो प्रधानमन्त्री हुने कुनै मनसाय नभएको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.