Breaking News.... EverestOnlineKhabar
August 29, 2026

केबी गुरुङ समूहद्वारा देउवालाई दिएको समर्थन फिर्ता, देउवाको भूमिकाले मर्माहत भएको गुरुङको भनाई

Loading

काठमाडौं । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ समूहले १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै पुराना नेता केवी गुरुङले भनेका सभापति देउवालाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन ।

उनले भने, ‘साझा सवाल लगायत विभिन्न कार्यक्रम र मञ्चहरुमा पार्टी सभापति एवम् प्रधानमन्त्री हैसियत र गरिमा विपरित विवादास्पद अभिव्यक्तिले पार्टीको लोकप्रियतामा पुग्न गएको गम्भीर क्षति लगायतको कार्यबाट १३ औं महाधिवेशनमा उहाँलाई सभापतिमा प्रस्तावक बसेको नाताले म अत्यन्त मर्माहत हुन पुगेको छु । अन्ततः मैले देउवाजीलाई १३ औं महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिव दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त दुःखित हुन पुगेको परिस्थितिमा पार्टीको विधान र नैतिकताले के भन्ने कुराको पर्वाह नराखी मैले १३ औं महाधिवेशनका क्रममा विधिवत रुपमा देउवाजीलाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरासमेत यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपुर्वक सुनाउँदछु । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.