Breaking News.... EverestOnlineKhabar
August 29, 2026

एमाले माओवादीको संयुक्त सभामा होहल्ला, लेनिनको तस्बिर नभएपछि माओवादी कार्यकर्ताबाट हुटिङ

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९औंँ स्थापना दिवसका अवसरमा काठमाडौं राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा होहल्ला भएको छ । कार्यक्रम सुरु हुनु अघि नै माओवादी कार्यकर्ताले ब्यानरमा लेनिन र कार्लमाक्सको फोटो नभएको भन्दै होहल्ला र नाराबाजी गरेका हुन ।

विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औैंँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औंँ स्थापना दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको ब्यानरमा केपी ओली, पुष्पकमल दाहाल, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर राखिएको थियो ।

कार्यकर्ताले नाराबाजी गरेपछि माओवादी नेता वर्षामान पुनले गल्ती भएको भए सच्याउने भन्दै संयम रहन आग्रह गरेका थिए । कार्यकर्ताको विरोधपछि ब्यानर हटाइएको थियो ।

एमालेका कार्यकर्ता केही संयमित देखिए पनि माओवादीका कार्यकर्ता बढी उत्तेजक भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.