Breaking News.... EverestOnlineKhabar
August 29, 2026

राजस्थानलाई हराउँदै कोलकता आइपीएल क्रिकेटको अंक तालिकाको शीर्ष स्थानमा

Loading

 एजेन्सी ।कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको हो ।

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको १६१ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ५ बलमा मात्र ३  विकेट गुमाएर पुरा गर्यो । कोलकत्ताको जितमा रोविन उथप्पाले ४८ तथा कप्तान दिनेश कार्तिकले अविजित ४२ रन जोडे  । त्यस्तै सुनील नारिनेले ३५ तथा नितिश रानाले अविजित ३५ रन नै बनाए । राजस्थानका क्रिस्नप्पा गोथामले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।  राजस्थानको लागि म्याथ्यु सर्टले ४ तथा कप्तान अजिंक्या रहानेले ३६ रन बनाए । त्यस्तै जोस बटलर २४ रनमा अविजित रहदा राहुल त्रिपाठीले १५ तथा बेन स्टोक्सले १४ रन जोडेका थिए । कोलकत्ताका नितिश राना र टम कुरानले समान दुई दुई विकेट लिए ।

यो जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकत्ताले पाँच खेलमा ३ जितसहित ६ अंक जोडेको छ  । जितसँगै कोलकत्ताको प्ले अफमा पुग्ने सम्भावना बलियो बन्दै गएको छ । कोलकत्ताले सनराइजर्स हैदरावाद पछि पार्दै शीर्ष स्थानमा स्थान बनाएको हो । आईपीएलमा ३ खेलमा सतप्रतिशत नतिजासहित ६ अंक जोडेको हैदरावाद दोस्रो स्थानमा छ ।

पराजित राजस्थान ४ खेलमा २ जितसहित ४ अंक जोडेर लिगको पाँचौ स्थानमा छ । यस्तै लिगमा किंग्स इलाभेन पञ्जाब तेस्रो र चौथोमा चेन्नाई सुपर किंग्स रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.