Breaking News.... EverestOnlineKhabar
August 29, 2026

नेयमार बिनापनि पिएसजी लयमा, फ्रेञ्च कप फुटबलको फाइनलमा प्रवेश

Loading

 एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  सेमिफाइनलमा काएनलाई ३ – १ ले हराउँदै पिएसजी फेन्च कपको उपाधि नजिक पुगेको हो ।

काएनको मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई तथा क्रिस्टोफोरले एक गोल गरे । अन्तिम समय १० खेलाडीमा सिमित काएनका इस्माइल डियोमाण्डेले एक गोल फर्काए । अब फाइनलमा पिएसजीले लेस हेर्बीएर्ससँग खेल्ने छ ।

घरेलु टोली काएनविरुद्ध पिएसजीले पहिलो हाफको २५ औं मिनेटमा एमबाप्पेको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको ४३ औं मिनेटमा घरेलु टोलीका डियोमाण्डेले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पिएसजीले दुई गोल गर्दै फाइनल यात्रा तय गर्यो । खेलको ८१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई २ – १ को अग्रता दिलाए ।

खेलको ९० औं मिनेटमा काएनका गोलकर्ता डियोमाण्डेले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा क्रिस्टोफोरले गोल गर्दै पिएसजीलाई ३ – १ को जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.