Breaking News.... EverestOnlineKhabar
August 29, 2026

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षी वाङ्ग यीबीच भेटवार्ता

Loading

एजेन्सी । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ्ग यीसँग भेटवार्ता गरेका छन् ।

दुई देशका विदेशमन्त्री बिच बेइजिङ्गमा भेटवार्ता भएको हो । भेटवार्तामा भएको छलफलबार विस्तृत विवरण सार्वजनिक भएको छैन । तर दुई देशको हित र कुटनीतिक सम्बन्धका बारेमा कुराकानी भएको बुझिएको छ ।

भेटवार्तापछि दुवै देशका मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । विदेश मन्त्रीसँगको भेटअघि ज्ञवालीले चिनियाँ उप–राष्ट्रपति वाङ्ग क्वीशानसँग भेटवार्ता गरेका थिए ।

परराष्ट्र मन्त्री ज्ञवाली सोमबार पाँच दिने भ्रमणका लागि चीन गएका हुन् । उनको यो भ्रमणलाई उच्चस्तरीय भ्रमणको तयारी वा व्यवस्था मिलाउने भ्रमणको रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.